गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षको लागि जमुना गुरुङले उम्मेद्वारी घोषणा गरेकी छिन्।
एनआरएनए अध्यक्ष शेष घलेको श्रीमती जमुनाले काठमाडौं आएका एनआरएनका प्रतिनिधिहरुले नेतृत्वमा उठ्न बारम्बार आग्रह गरेपछि उम्मेद्वारी दिएको बताइन।
लमजुङमा जन्मिएकी घले २०४७ सालमा श्रीमानसँगै पढ्न लागि अष्ट्रेलिया गएकी थिइन् ।
विजनेश मार्केटिङ अध्ययनपछि उनी ब्यवसायमा सम्लग्न भएकी थिइन्। अष्ट्रेलियाको एमआइटी कलेजको उनी एक्जुकेटिभ डाइरेक्टर हुन् । अष्ट्रेलियाको महिला धनाढ्य सुचीमा उनी ७ औं नम्बरमा छिन् ।
उनको ५० प्रतिशत लगानीमा काठमाडौं होटल शेराटन निमार्ण भइरहेको छ । काठमाडौंमा पर्सिबाट सुरु हुने एनआरएनए सम्मेलनमा भवन भट्टले पनि अध्यक्षको उमेद्वारी घोषणा गरेका छन् ।
उनको उम्मेदवारी किन ?
१. गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पुरा गर्न
२. गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको बिश्वास र अपेक्षालाई निरन्तरता दिन
३. महिला शसक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न
४. गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकाश गर्दै सामूहिक नेतृत्वको अबधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न
५. गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकाश गर्न
६. एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन
७. संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न
८. एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई सम्बृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न
९. नेपाल सरकारका बिभिन्न निकाय, सरकारी एवं गैरकारी संस्थासँग संघले गरेको सम्झौतालाई कार्यन्वयन गर्न
१०. बैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकबर्गको हितमा बढि केन्द्रीत हुन
११. गैरआवासीय नेपाली संघको दिगो विकाशलाई सुनिश्चित गर्न