भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरी तिलाठीका देवनारायण यादव ७ दिनपछि छुटेका छन् ।
भारतीय प्रहरीले साधारण तारेखमा यादवलाइ छाडेको सप्तरीका एसपी मुकेश सिंहले सेतोपाटीलाई जानकारी दिए। यादव छोरा अजयसहित साँझ घर आइपुगेका छन् ।
उनी यही असोज १५ गते पक्राउ परेका थिए।
सप्तरीको तिलाठीमा भारतीय अतिक्रमणको तिब्र विरोधमा उनी उत्रिएका थिए। भारतको कुनौली बजारबाट उनलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथी शरिर बन्धक तथा अपहरणको उजुरी परेको थियो ।
उनकाे छाेरा अजयले एक महिनाअघि भारत कुनाैलीका ज्याेती साहसँग भागी विवाह गरेका थिए। ज्योतीका परिबारले छोरी नावालिका रहेको भन्दै यादव र उनका छाेराविरुद्द उजुरी दिएका थिए।
कुनाैलीमा मेला हेर्न गएका बेला यादवका छोरा अजय पक्राउ परेका थिए। अजयलाई छुटाउन गएका बेला उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बुहारी ज्याेतीले राजीखुसीमा नै भागेर विवाह गरेको बताएपछि यादव र उनका छोरा साधारण तारेखमा छुटेका हुन् ।
१४ महिनाअघि नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बाँध्न खोज्दा यादवसहितकाले बाँध बाध्न दिएको थिएन्। उनी त्यस बेला घाइतेसमेत भएका थिए।
भारतीय प्रहरीको नियन्त्रणमा रहेका देवनारायण यादवलाई अपहरणको मुद्दा
यादवलाई पक्राउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई उनलाई छुटाउन आवश्यक पहल थाल्न निर्देशन दिएका थिए।
दाहालले गृह मन्त्री शर्मासँग कुरा गरे लगत्तै गृह मन्त्रीले यादवलाई छुटाउने पहल थालेका छन् । उनले सप्तरी जिल्लाका एसपी र सिडिओलाई फोन गरेर उनलाई छुटाउन प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
भारतीय पक्षले खाँडो नदीको मुहान थुन्ने गी दशगजा मिचेर बाँध बनाउन लाग्दा यादवले बाँध बाध्न दिएका थिएनन् अविरल वर्षाको कारण खाँडो खोलामा आएको बाढीले उक्त बाँध कटान गरी भारत सुपौल जिल्लाको कुनौली बजारमा पानी प्रवेश गरी सयौ विघा खेती योग्य जग्गामा बालुवाले पुर्ने गरेको छ ।