अर्घाखाँचीमा स्कुटरबाट खसेकी एक महिलालाई बसले किच्दा घटनास्थलमै ज्यान गएको छ।
जिल्लाको शितगंगा नगरपालिका भेंडामारेमा लु ३५ प ८९३ नम्बरको स्कुटीबाट खसेकी रुपन्देहीको तिलोत्तमा १ नयाँमिलकी ४५ वर्षिया देवी कार्कीलाई लु १ ख ५८४७ नम्बरको बसले किचेको प्रहरीले जनाएको छ।
उनी श्रीमान लक्ष्मण कार्कीसंग सुपा देउराली मन्दिर दर्शन गर्न बुटवलबाट स्कुटरमा जाँदै थिइन्।
एउटै दिशातर्फ गईरहेको उक्त बसलाई ओभरटेक गर्न खोज्दा महिला स्कुटरबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सन्धिखर्कका प्रमुख चन्द्रीका चौधरीले जानकारी दिए।
दुर्घटनापछि बस चालक गुल्मी धुर्कोटका ज्ञानेन्द्र बिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।