रौतहटमा जिंगडवा बेलविक्षवास्थित आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा सोमबार बिहान करीब साढे ३ बजे अकबर भनिने मो.अबुसैयव माथि गोली प्रहार भएको छ ।
रौतहटको परोहा नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार मो.सेराजुद्धिनका छोरालाई सोमबार बिहान गोली हानी हत्या गरिएको हो ।
केहीदिन अघि चुनावकै विषयमा विवाद हुँदा कटहरीया नगरपालिकाको बलुवा टोलमा ५० वर्षिय रामपुकार यादवको मृत्यु भएको थियो । दुई दिन अघि मात्रै बृन्दावनमा कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप हुँदा चार जना घाइते भएका थिए ।
चुनावमा सुरक्षा व्यवस्था कडा पारिएको भएपनि चुनाव सकिएपछि गाउँगाउँमा रहेका सुरक्षाकर्मीहरू फर्किएको र सुरक्षागस्ती कम भएपछि झडप तथा हत्याका घटना बढ्न थालेको स्थानियवासीले बताउँदै आएका छन ।
केही दिनदेखि शान्तिपूर्ण रुपमा स्थानीय तहको चुनाव सकिए पनि चुनावपछि भने सुरक्षा चुनौती थपिएको छ ।
जिल्लामा एकसातायता अपराधिक घटनाहरू बढ्न थालेका छन् । हत्या कुटपिट तथा तस्करीको घटना बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।
चुनावको विषयमा रौतहटमा एकसातामा दुई जनाको ज्यान भएको छ भने झडपमा घाइते समेत भएका छन्।