दसैंलाई मध्यनजर गरेर प्रहरीले ३२ स्थानमा ट्राफिक चेकिङ गर्ने भएको छ। महानगरीय प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी एआइजी जयबहादुर चन्दले उपत्यकाका ३ वटा जिल्लामा नियमित चेकिङ ३२ स्थानमा र विशेष चेकिङ स्थानहरु हेरेर गरिने बताए।
ट्राफिक चेकिङका लागि महानगरीय ट्राफिक महाशाखालाई निर्देशन दिइसकेको उनले बताए। लामो दुरीका सवारी साधनहरु चेकिङ्ग नागढुङ्गा, फर्पिङ्ग, जगाती, मुड्कु लगायत उपत्यकाबाट बाहिरिने सबै नाकामा गरिने उनले बताए।
रातको समयमा नियमित र आकस्मिक मापसे चेकिङ्ग दुवै चलाएने उनले जानकारी दिए।
चाडपर्वमा व्यस्त रहने व्यापारीक केन्द्ररस्थानहरुमा सवारीको चाप बढ्न गई ट्राफिक व्यवस्थापन प्रभावित हुने भएकोले त्यस्ता स्थानहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाई आवश्यक परेमा डाईर्भसनको व्यवस्था समेत मिलाइने उनले बताए।
न्युरोड, असन, दरवारमार्ग, ठमेल, कालीमाटी, नयाँबसपार्क, बौद्ध, जावलाखेल, भक्तपुरको बजार ईलाकामा डाईर्भसनको व्यवस्था मिलाइने उनले बताए। घटना भएको ५ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाइने उनले बताए।
सादा पोशाकमा समेत प्रहरी परिचालन गरि जुवा(तास, चोरी, लुटपाट, गुण्डागर्दी, चन्दा असुली, अपहरण जस्ता गैह्रकानुनी गतिबिधि विरूद्ध निगरानी बढाउने उनले विशेष सुरक्षा योजनामा छ। महत्वपूर्ण प्रतिष्ठान, सपिङ्ग मल तथा बैंकिङ क्षेत्रहरूमा २४ सै घण्टा गस्ती पहरा तथा प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ।