जापानको विमानस्थलमा पुगेर अनुमति नपाएपछि फर्किएका कांग्रेस नेता प्रदीप पौडेलले जापानको अध्यागमनमा भएको केरकारलाई सिंगो नेपालीमाथिको दुर्व्यवहार भएको बताएका छन्।
गत आइतबार जापानको राजधानी टोक्योस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई स्पोन्सर गर्ने व्यक्तिका कारण अनुमति दिइएको थिइन । त्यसपछि उनी नेपाल फर्किएका थिए। उनले प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'हरियो पासपोर्ट बोक्ने मजस्तै हजारौं नेपालीहरुको साझा पीडा हो यो।
मैले जस्तै धेरै नेपालीहरुले विश्वका कुनाकुनामा दुख पाईरहेका छन्। यो व्यक्तिको मात्र नभएर सिंगो देशकै अपमान हो।' उनले जापानको अध्यागमनमा भएको केरकारलाई गम्भिर रुपमा लिन समेत आग्रह गरेका छन्।