गलत सूचना सम्प्रेषण गरेको भन्दै जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहसहित तीन जना प्रहरी अधिकारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ।
एक जना सर्वसाधारण व्यक्तिको मृत्युको सम्वन्धमा गलत सूचना सम्प्रेशन गरेको पाइएपछि एसपीसहित तीनजनालाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख एआईजी मिङमार लामाले सेतोपाटी जानकारी दिए ।
गत भदौ १४ गते प्रहरीले नियन्त्रणमा लिएका गंगटे भन्ने एक व्यक्तिको वेवारीसे शव फेला परेको भन्ने गलत सूचना संप्रेसण गरेको पुष्टि भएपछि दाङकी प्रहरी प्रमुख सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्का र थुनुवाको ड्यूटीमा खटिएका प्रहरी जवानलाई विभागीय कारबाहीको लागि सिफारिस गरिएको संघीय प्रहरी प्रधान कार्यालय तुलसीपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख लामाले जानकारी दिएका हुन्।
प्रहरीकै नियन्त्रणमा रहँदा उपचारका क्रममा अस्पतालमा मृत्यु भएका गंगटे भन्ने व्यक्तिको मृत्युबारे जिल्ला प्रहरी कार्यालय दाङले बक्तव्य जारी गरि व्यवारिसे अवस्थामा शव फेला परेको भन्ने गलत सूचना सम्प्रेशन गरेको पुष्टि भएको पत्रकार सम्मेलनमा एआईजी लामाले जानकारी दिएका थिए।
प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिको मृत्युपछि वेवारीसे भनि गलत सूचना जारी गरेको भन्दै विभागीय कारबाहीको लागि एसपी सिंह र वडा प्रहरी कार्यालय लमहीका प्रमुख सहित तीन जनालाई सिफारिस गरिएको घटनाको अनुसन्धानमा खटेका प्रहरी वरिष्ठ उपरीक्षक एवम् एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए।
घोराही उपमहानगर वडा नं. १४ निवासी भूपवहादुर सुनुवार उर्फ गंगटेलाई १३ गते घोराहीबाट प्रहरी नियन्त्रण लिएको थियो। गंगटेलाई १४ गते बिहान एसपी सिंहकै गाडिमा लमही वडा कार्यालयमा पठाइएको थियो। उक्त दिन राति गंगटे विरामी भएपछि लमही स्थित अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारमा सम्लग्न चिकित्सकले गंगटेलाई ईसिजी गर्नुपर्ने र त्यहाँ उक्त सेवा उपलब्ध नभएको भन्ने जानकारी गराएपछि विरामी गंगटेलाई राति नै घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
उपचारकै क्रममा गंगटेको मृत्यु भएको भए पनि जिल्ला प्रहरीले उनको शव बाटो नजिकै बेवारिशे अवस्थामा फेला परेको भनि गलत सूचना प्रवाह गरेको पाइएको एसएसपी चौधरीले बताए ।
‘मान्छे जस्तो सुकै अवस्थामा मर्न सक्छ र जस्तो अवस्था हो त्यही सूचना सार्वजनिक गर्नुपर्नेमा गलत सूचना सार्वजनिक गर्ने गल्ति गरेको देखियो ।’ एसएसपी चौधरीले भने ‘जिल्ला प्रहरी कार्यालय हत्तोत्साहित भएर घटनालाई तोडमोड गर्न लागेको देखियो, जुन गलत थियो ।’ गलत सूचना सम्प्रेशन गरेकै कारण उनीहरुलाई विभागिय कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिइएको छ । तर पत्रकार सम्मेलनमा जिल्ला प्रहरीले अन्य सबै प्रकृया अपनाएको भएपनि घटना सर्वाजनिक गर्दा तोडमोड गरि
नागरिकलाई अन्यौलमा पार्न खोजेको तथ्यफेला परेको प्रदेश नं. ५ का प्रहरी प्रमुख मिङमार लामाले वताए । दाङमा पहिलो पटक महिला प्रमुखको रुपमा आएकी दुर्गा सिंह आएको महिना दिन नवित्दै विभागिय कारवाहीमा परेकी हुन ।