एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने एक जना बुल्गेरियन नागरिक पक्राउ परेका छन् । सिआइबीको टोलीले बुल्गेरियन नागरिक मिल्को स्टोयानोभलाई होटल बुद्ध चाक्सीबारीबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ सय २८ वटा एटिएम कार्ड, ४ लाख ४० हजार नेपाली रुपैयाँ, कार्ड स्किमर मेसिन बरामद गरेको छ। सिआइबीले ५ दिनको अन्तरालमा २ जना पुर्वी युरोपेली मुलुकका नागरिकलाई पक्राउ गरेको हो ।
यसअघि टर्किस नागरिक पक्राउ परेका थिए।
विशेषगरी पुर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया, रोमानिया तथा मोल्दोभाका नागरिकहरु अत्याधुनिक कार्ड स्किमर डिभायस लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपालमा आई ठमेल, दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुको एटिएमबाट रकम निकाल्ने गरेका छन् ।
हालसम्म सिआइबीले
पूर्वी युरोपेली नागरिकहरु विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ३ बुल्गेरियन र ४ मोल्दोभियन गरी १५ जना जना पूर्वी युरोपेली नागरिकहरु पक्राउ गरेको छ। उनीहरुको साथबाट साथबाट ८८,६८,८५०, अमेरिकी डलर ७५,२४५ , युरो ७३,८७५ बरामद गरेको छ ।