काठमाडौंको ठमेलबाट बाल यौनदुराचारीको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौंको ठमेलस्थित एक होटलबाट अष्ट्रियाका ४५ वर्षीय नागरिक केन्डलर मारकुसलाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन्। उनको कोठाबाट एक जना बालकको प्रहरीले उद्धार गरेको छ ।
उनले ती बालकलाई उपत्यकाबाहिरबाट काठमाडौं ल्याएका थिए। उनलाई बाल यौन दुराचारको साथै मानव बेचबिखन र ओसारपसार मुद्दा चलाइने प्रहरीले जनाएको छ।
जबर्जस्ती करणी अन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने र मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत निजलाई थप सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ ।