उत्तर कोरियाली शासक किम जोङ उन तेस्रो सन्तानका बाबु बनेका छन्।
उत्तर कोरियाको गुप्तचार संस्थाले गत फेब्रुअरीमा उनकी श्रीमती री सोल छुले तस्रो सन्तान पाएको रिपोर्ट बनाएको सञ्चारमाध्यमले जनाएका छन्।
किम र रीले सन् २००९ मा विवाह गरेका थिए। उनीहरूको पहिलो सन्तान सन् २०१० मा जन्मिएको थियो भने सन् २०१३ मा री दोस्रो पटक आमा बनेकी थिइन्।
गतवर्ष सार्वजनिक समारोहमा देखिन छाडेपछि री फेरि गर्भवती भएको अनुमान गरिएको थियो।
उत्तर कोरियाली शासक किमका सन्तानका बारेमा विस्तृत विवरण बाहिर ल्याइएको छैन।