माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राहा किनारमा रहेको नेपाल र भारतकाे बीचमा रहेकाे सहायक पिलर( स्तम्भ) पुरिएको छ ।
नेपाल भारत सीमानामा रहेको १६५ / ३ नम्बरको सहायक पिलर साउन २८ गते अाएकाे बाढीले बगाएर ल्याएको हिलोले पिलरै नदेखिने अवस्थामा रहेको छ ।
स्थलगत रिपोर्टिङकाे क्रममा उक्त सहायक पिलर हिलो माटाेले पुरिएकाे हुन सक्ने देखिन्छ । त्यस पिलरसम्म पुग्न अहिले पनि अत्यधिक कठिन रहेको छ ।
त्यसैगरी, १६५/४ नम्बरको पिलर भने बक्राहा खोलामा बाङ्गिएर रहेको पाइएकाे छ ।
तस्बिरमा एक वृद्ध त्यहि पिलरमा उभिएको देख्न सक्नुहुन्छ । वरिपरि हिलाेकाे दह समेत रहेको छ । नेपाल भारतकाे सीमानामा गाडिएको स्तम्भ पिलर ३ फिटदेखि ४ फिट सम्मकाे उचाइमा रहेको छ ।