पूर्व युवराज्ञी हिमानी शाहद्धारा बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्।
छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासँग बुधबार बिहान वीरगन्ज पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत बितरण गरेकी हुन्।
पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा हिमानी शाह, छोरी कृत्तिका र छोरा हृदयेन्द्र शाहले बाढी पीडितहरुलाई राहत वितरण गरे।
साउनको अन्तिम साता तराईमा आएको विनाशकारी बाढीले घरबारबिहीन भएकालाई सहयोग गर्ने उद्धेश्यले बाढीपीडितलाई राहत वितरण गरेको उनले कार्यक्रमा बताइन्।
जिल्ला दैवी प्रकोप उद्दार समिति बारा र पर्साको समन्वयमा हिमानी ट्रष्टद्वारा आयोजित राहत वितरण कार्यक्रममा ५ सय पीडित परिवारलाई रामल, अदाल, चिउरा, बिस्कुट र एक त्रिपाल राहतस्वरुप वितरण गरिएको थियो।