पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् ।
छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् ।
पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा हिमानी शाह, छोरी कृतिका र छोरा हृदयेन्द्र शाहले बाढी पीडितहरुलाई राहत वितरण गरेका थिए ।
साउनको अन्तिम साता तराईमा आएको विनाशकारी बाढीले घरवारविहीन भएकाहरूको राहत पुर्याउने उद्धेश्यले बाढीपीडितलाई राहत वितरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।
जिल्ला दैवी प्रकोप उद्दार समिति बारा र पर्साको समन्वयमा हिमानी ट्रष्टद्वारा आयोजित राहत वितरण कार्यक्रममा ५ सय पीडित परिवारलाई चामल, दाल, चिउरा, बिस्कुट र एक त्रिपाल राहत स्वरुप वितरण गरिएको थियो । पर्सा जिल्लामा बाढीबाट प्रभावित पोखरीया तथा निचुटा लगायत गाउँका २ सय ५० बाढी पीडित परिवार र बाराको भलुहीस्थितका २ सय ५० बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो ।