नेपाल बैंक लिमिटेड धरान शाखाको १५ करोड ५१ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
सिटि अफिस विराटनगरका शाखा प्रवन्धक पुष्पराम घिमिरेसहित ११ जनालाई पक्राउ गरिएको सिआइबीकी प्रवक्ता एसपी मिरा चौधरीले जानकारी दिइन्। गैर कानुनी तवरले सुन कर्जा लिइ १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ऋण दिइ बैंकले हानी नोक्सानी पुर्याएका ११ जनालाई पक्राउ गरेको एसपी चौधरीले बताईन।
भोजपुर जिल्ला सिद्धेश्वर वडा नं ४ घर भई हाल धरान १७ बस्ने ज्ञानेन्द्र पुरकुटी , सन्जीत रसाईली, माधव रिसाल , सन्तोष रसाईली, सुनिल वि। पक्राउ परेका हुन् ।
त्यस्तै सुनसरी जिल्ला प्रकाशपुर गाविस १ बस्ने लाल बहादुर बिक, नेपाल बैंक धरान शाखाका तत्कालिन खजान्ची पदमा कार्यरत हाल निलम्बित वर्ष ५४ को होम बहादुर भट्टराई , सुनसरी जिल्ला जब्दी ६ घर भई नेपाल बैंक धरान शाखाका तत्कालिन सहायक शाखा प्रबन्धक हाल निलम्बित राम किशोर मेहता, सुनसरी जिल्ला गैसार गाविस वडा नं ७ ईटहरी घर भई हाल नेपाल बैंक धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने पक्राउ परेका हुन् ।