झापाका दुई अलग अलग स्थानमा दहमा डुबेर र नदीले बगाएर शनिबार थप ३ जनाको मृत्यु भएको छ । यस अघि झापामा बाढीले वगाएर १४ जनाको मृत्यु भएको थियो। शनिबार मात्रै ३ जनाको थप मृत्यु भएपछि झापामा नदिमा बगेर र दहमा डुवेर मृत्यु हुनेको संख्या १७ पुगेको हो । यद्यपि जिल्ला प्रसासन कार्यालय झापाले भने शनिबार मृत्यु भएको घटनाको प्रकृति हेरेर मात्र संख्या निर्धारण हुने बताएको छ।
झापा गाउँपालिका २ स्थीत कन्काई नदिले बगाएर सोहि ठाँउका ३५ वर्षीय यादव प्रसाद पोख्रेलको मृत्यु भएको छ । पोख्रेलको शवको प्रकृति हेर्दा स्थानीयबासीले दुई तिन दिन अघिनै उनलाई नदिले बगाएको हुनसक्ने अनुमान गरेका छन्।
माईखोलामा फेला परेको पोख्रेलको शव हेर्न जाने क्रममा चिप्लीएर सोहि नदिमा डुवेकी अर्की एक महिलाको पनि मृत्यु भएको झापा गाँउपालिकाका अध्यक्ष जयनारायण साहले बताए।
गौरिगञ्ज १ घर भएकी अन्दाजि ५५ वर्षिया विन्दा कुमारी मगरको नदिमा डुवेर मृत्यु भएको स्थानीय शिव मैनालीले बताए।
यता शिवसताक्षी नगरको वडा नम्बर ११ मा हालैको बाढीले दहमा जमेको पानिमा पौडि खेल्ने क्रममा १३ वर्षीय एक वालकको मृत्यु भएको छ।
स्थानीय वडा नम्बर ८ झिलझिलेमा डेरा गरि वस्ने दिपेस राईको मृत्यु भएको ईलाका प्रहरी कार्यलय भिलझिलेले जनाएको छ।
उनी स्थानीय झिलभिले माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।