मंगलबार मनाइएको भारतको ७१ औं स्वतन्त्रता दिवसको तयारी भारतस्थित अमेरिकी राजदूतले केही दिन पहिले नै थालेकी थिइन्। उनको तयारी कुनै कुटनीतिक कार्यक्रमका लागि नभई १५ अगस्टमा हुने स्वतन्त्रता दिवस समारोहमा लगाउने सारीका लागि थियो।
राजदूत म्यारिके कार्ल्सनले ट्वीटरमा आफूले स्वतन्त्रता दिवसमा पहिलो पटक सारी लगाउन लागेकाले कुन सारी राम्रो हुन्छ भनेर सुझाव मागेकी थिइन्।
ट्वीटर प्रयोगकर्ताले उनलाई फरक फरक सुझाव दिएका थिए।
धेरैले जमदानी, दुपियन, कान्जिवरम र तुसार कम्पनीका सारी राम्रो हुने सुझाव दिएपछि उनले तीमध्ये पनि कुन राम्रो भनेर ट्वीटर ‘पोल’ गरेकी थिइन्।
करिब २ हजार ट्वीटर प्रयोगकर्ताले ‘पोल’मा भाग लिएका थिए।
त्यसमध्ये सबैभन्दा बढी भोट कान्जिवरम कम्पनीको सारीलाई परेको थियो।
कार्ल्सन मंगलबारको भएको स्वतन्त्रता दिवसको समारोहमा त्यही कम्पनीको सारी लगाएको तस्बिर पनि ट्वीटमार्फत् नै सार्वजनिक गरेकी छन्।