बाढीले दाङको यातायात ठप्प भएपछि एकजना विरामीलाई बचाउन हेलिकोप्टर चार्टर गरिएको छ।
दाङ तुलसीपुर निवासी लिला योगि रावत एक्कासी विरामी परेपछि उनको परिवारले उनलाई बचाउन लाखौं रकम खर्चिएर हेलिकोप्टर चार्टर गरि सोमबार काठमाडौं पुर्याएका हुन्।
लिला एक्कासी विरामी परेपछि उनको उपचार तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा हुँदै आएको थियो , तर अवस्था झनैं गम्भीर वन्दै जान थालेपछि दाङमा वाढीले यातायात ठप्प हुँदा हेलिकोप्टर चार्टर गरेरै भएपनि काठमाडौं लग्नु परेको लिलाका ठूलावुवा गोपीनाथ योगीले जानकारी दिए।
उनले लिलाको ज्यान जोगाउन झन्डै चारलाखमा हेलिकोप्टर चार्टर गरेर काठमान्डौंको ग्रान्डि अस्पतालमा पुर्याइएको जानकारी दिए। ‘बाढीले दाङ आन्तरिक नाकावन्दीमा छ , न नेपालगञ्ज जाने बाटो छ र अनेन्त्र काही। त्यसैले हेलिकोप्टर चार्टन गर्नु हाम्रो बाध्यता हो,’ योगीले भने।
उनले आइतवार नै नेपालगञ्जवाट अग्नी एयरको हेलिकोप्टर चार्टर गरेता पनि प्रतिकुल मौसमका कारण आएपछि ल्यान्डगर्न नसकी फर्किएपछि सोमबार पोखरावाट प्रभु सेवाको हेलिकोप्टर मागेर भतिजीलाई काठमाडौं उपचारका लागि पठाइएको बताए।
उनले अञ्चल अस्पतालमा अरु पनि गम्भीर प्रकृतिका विरामी भएपनि बाढीले ठाउँ ठाउँमा वाटो अवरुद्ध हुँदा यातायात चल्न नसक्दा उनीहरु पिडामा छटपटाई रहेको जानकारी पनि दिए। ‘कतिले हामीलाई पनि लैजानुहोस भनेर विलौना गरेका थिए , तर प्रभूको विमानमा जम्मा तीन सिट रहेछन्, विरामी र उनका कुरुवा दुई जना जाँदा सिट प्याक भयो र कसैलाई लैजान सक्ने अवस्था रहेन।’
उनले अविलम्व बाढीले भत्काएका सडकहरु निर्माणमा स्थानीय सरकारका गग्भीर बन्न जरुरी रहेको बताए। शुक्रबारको अविरल वर्षापछि स्थानीय खोला र नदीहरुमा आएको बाढीपछि दाङ र बाहिरी जिल्लाको बीचमा यातायातको सम्पर्क विच्छेद जस्तै भएको छ । यातायात सञ्चालनमा आउन नसक्दा यहाँ पेट्रोलिम पदार्थको अभाव भएको छ ।