रौतहटमा बाढीले बगाउँदा सोमबार दिउँसोसम्म १३ जनाको मृत्यु भएको छ । आइतबार र सोमबार जिल्लाको विभिन्न स्थानहरुबाट बाढीले बगाउँदा १३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सदमुकाम गौर ३ का १६ वर्षिय शेष परवेज मुसरफ, राजपुर ३ का ४५ वर्षिय शेष हुसैनको शव अकोलवामा, दुर्गाभगवती १ बांसघारीमा १६ वर्षिया सरफती भाट र गौरमा नाम नखुलेका एक व्यक्तिको शव फेला परेको छ । त्यसैगरी, परोहा गाउँपालिका–३ का ३५ वर्षीय चन्दन किशोर यादवसहित उनका २७ वर्षिया श्रीमती सर्मिला यादव, ५४ वर्षिया आमा सुमित्रादेवी, ३८ वर्षिया भाउजु ललिता देवी, २५ वर्षिय भतिज सरोज यादव र ५ वर्षीया छोरी छोटुकुमारीको मृत्यू भएको थियो । उनीहरु सुत्केरी गराउनका लागि राजपुरस्थित स्वास्थ्य संस्था जाँदै गरेका थिए ।
यस्तै, आइतबार दिउँसो इसनाथ गाउपालिका ९ का १४ वर्षिय सकिल देवान, देवाहीगोनाही २ का ६५ वर्षिया जोगिया देवी, दुर्गाभगवती ६ की ४० वर्षिया कोसिला देवी, गौर नपा १२ र्सिसियाका सुरेश साहको बाढीले बगाएर मृत्यू भएको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।
आइतबार बिहानदेखि गुजरा ७ का १८ वर्षिय मलाही राम र देवाही गोनाही ५ की सीता कुमारी भने हराइरहेका छन् ।