दाङमा अविरल वर्षापछि आएको बाढीले हालसम्म तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ११ बजेतिर हापुर खोलाले बगाएर ल्याएको अवस्थामा एकजना महिलाको शव फेला परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए । उनको शव हापुर प्रहरी चौकी नजिकै हापुरे खोलामा फेला परेपछि अहिले प्रहरी त्यहाँ पुगेको उनले बताए । तर यो खबर तयार पार्दासम्म मृतको पहिचान भने भइसकेको छैन ।
यसअघि तुलसीपुर १३ फूलवारी निवासी ४८ वर्षीया भगवती सुनार र तुलसीपुर ४ का ५८ बर्षीय नरबहादुर रावतको बाढीका कारण मृत्यु भएको थियो ।