अविरल वर्षापछि आएको बाढीले दाङमा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर ७ मा रहेको खाद्रे खोला तर्ने क्रममा एक ब्यक्तिको मृत्यु भएको छ।
शनिबार दिउँसो ३ बजे तिर खोलो तर्ने क्रममा बगेर तुलसीपुर ४ जितपुरका ५८ वर्षिय नरबहादुर रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४८ बर्षीया भगवती सुनारको स्थानीय तुही खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ। बाढीमा परी अन्य दुई जना घाईते छन्।
लमही नगरपालिका ९ अमिलियाका कर्ण डाँगी र रिता डाँगी घाइते भएका छन्। जिल्लाका बिभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले गर्दा शनिबार दिन भर दाङको यातायात सेवा ठप्प भएको थियो।