गएरातिदेखिको लगातार वर्षाका कारण दाङको तुलसीपुर- घोराही सडक खण्ड भत्किएको छ। मोतीपुरे सोते खोलाले सडक खण्ड भत्काएपछि बाटो पूर्णरूपमा अवरूद्ध भएको छ।
तुलसीपुरबाट एक किलोमिटर पर रहेको सोते खोलाले सडक भत्काएसँगै बाढी वस्तीमा पसेको छ। बाढीले घर भत्काएर तुलसीपुर-१३ की सावित्रा सुनारको मत्यु भएको प्रहरीले जनाएको छ।
बाढीका कारण तुलसीपुरमा खानेपानी पनि अवरूद्ध भएको छ।
दाङकै तुहीसोता खोलामा आएको बाढीले पनि स्थानीयका ११ घर भत्काएको छ। यस्तै अम्बिकेश्वरी मावि डुबानमा छ।
बबई नदीमा आएको बाढीले बाँके र रहरपुर ४० भन्दा बढी घर डुबानमा छन्। डुबानमा परेका उनीहरू निमावि बाँकेमा आश्रय लिएर बसिरहेका छन्।
यसैगरी कलम खोलामा आएको थप तीन घर भत्काएको प्रहरीले जनाएको छ।
बाढी आउने पूर्वसूचना दिएर प्रहरीले रातिनै स्थानीयलाई सुरक्षित स्थानमा सारिसकेकोले अन्य मानवीय क्षति नभएको बताइएको छ।
[playlist type="video" ids="73873"]