अविरल वर्षा पछि राप्ती नदीमा आएको बाढी खतराको चिन्हभन्दा माथि पुगेको छ। हिजो रातिदेखि राप्ती नदीमा पानीको सतह बढ्दै गई रहेको छ। आज बिहान २ बजे राप्ती नदीमा पानीको सतह ८ दशमलब ८७ मिटर पुगेको छ। बिहान ५ बजेदेखि पानीको सतह घट्दै गएको छ। बिहान ७ बजे पानीको सतह ८ दशमलब ५८ मिटरमा झरेको छ ।
बाँकेको कुसुमस्थित बाढीमापन केन्द्रमा राप्ती नदीको पानीको सतह साढे ५ मिटरभन्दा माथि पुगेपछि राप्ती नदी किनारमा पर्ने आधा दर्जन गाविसमा बाढी पस्ने खतरा बढेको छ।
बाँकेको कसुमसम्म आइपुगेको बाढी प्रभावित क्षेत्रसम्म पुग्न ८ देखि १० घन्टा लाग्छ ।
नदीमा पानीको सहत बढ्दै गएपछि राप्ती नदी किनाराका होलिया, बेतहनी, मटेहिया, गंगापुर, नरैनापुर, फत्तेपुर र लक्षमणपुर गाविस डुबानको जोखिममा परेका छन्।
बाढी पस्ने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय बासिन्दालाई सुरक्षित स्थान तर्फ जान आग्रह गरेको छ।