काठमाडौंको ढल्कुस्थित विष्णुमति नदीमाथि निर्माण सम्पन्न भएको फलामे प्रयोगमा आउनुअगावै भाँचिएको छ। ढल्कु र नरदेवी जोड्नका लागि बनाइएको फलामे पुल भाँचिएको हो।
काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको डेढ करोड लागतको पुल भाँचिएको हो। पुलको एक साता पछि उद्घाटन गर्ने तयारी थियो।
फलामको फ्रेममा स्ल्याब राख्दै गर्दा पुल भाँचिएको हो। स्ल्याब राख्दै गर्दा विहीवार साँझ पुल भाँचिएको हो ।
पुल भाँचिदा ५ जना कामदार घाइते भएको महानगरीय अस्थायी प्रहरी विट ढल्कुले जनाएको छ।
स्थानीय वासिन्दाले कमजोर निर्माण सामग्री प्रयोग गरेका कारण पुल भाँचिएको आरोप लगाएका छन्।
आवश्यकता नै नभएको ठाउँमा पुल निर्माण गरिएको र प्रयोग गरिएका सामग्री गुणस्तरहीन भएका कारणले पुल भाँचिएको स्थानीयको आरोप छ ।
हस्तान्तरण नभइसकेको अवस्थामा पुल भाँचिएकोले निर्माण कम्पनीले नै फेरि बनाउनुपर्ने नियम हुन्छ ।
उक्त पुल काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको थियो ।
राजधानीको यातायात अस्तव्यस्ततालाई दिगो रूपमा समाधान गर्न भन्दै सरकारले ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ शुरु गरेको थियो ।
https://www.youtube.com/watch?v=d2Ylgrt2vn8&feature=youtu.be