डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारको लागि गरेका आन्दोलनप्रति दाङबाट ऐक्यबद्धता प्रकट गरिएको छ ।
चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै आमरण अनशरणमा बसेका ११ औं पटक अनशनमा बसेका डा. केसीप्रति एेक्यबद्धता जाहेर गरिएको छ । डा. केसीले अघि सारेका मागमा घोराहीका विभिन्न क्षेत्रका व्यक्तिहरुले ऐक्यबद्धता जनाउँदै अविलम्ब उनका मागहरु पूरा गर्न माग गरेका छन् ।
‘एक प्रदेश, एक मेडिकल कलेज’ बनाउने सरकारको निति अनुसार दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई तत्काल अघि बढाउनका लागि संसदमा विचाराधिन विधेक पारित हुुनुपर्ने एेक्यबद्धता जनाउनेहरुको छ । मंगलबार केसी अनशनमा बसेको १६ औं दिन पुग्दासम्म पनि सरकारले उनको अनशन तोड्न उचित पहल नगरको प्रति वक्ताहरुले अाक्रोश व्यक्त गरेका थिए ।
वक्ताहरुले माथेमा आयोगको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग गरेका छन् । डा. केसीका माग अविलम्ब पूरा गर्न समर्थकहरुले सरकारलाई आग्रह गरेका छन् । उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको हुँदा त्यसमा गम्भीर हुन सरकारलाई आग्रह गरिएको छ ।