रौतहटको चन्द्रपुर नगरपालिका–२ रैया टोलका तीनजना बालिकाहरु हराइरहेका छन्।
स्थानीय शंकर परियारका छोरीहरु १२ वर्षीया सरस्वती परियार, ९ वर्षीया रोजिना परियार दुई सातादेखि बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा छिमेकी १२ वर्षीया सिसम राई पनि रहेको परिवारले बताएका छन्।
गत साउन १० गतेदेखि घर नआएपछि परिवारका सदस्यहरुले खोजी कार्यमा सघाउन आग्रह गरेका छन्। आफन्तहरुसँग सम्पर्क गर्दा फेला नपरेपछि बालिकाहरुको अभिभावकले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन गरेका हुन्।
बालिकाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले सेतोपाटीलाई जानकारी दिए।