रुकुममा झाडापखालाबाट एकजना युवकको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–११ का १९ वर्षीय गोविन्द केसीको झाडापखालाबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
केसीको चौरजहारी अस्पतलामा आइतबार राति १२ बजे मृत्यु भएको थियो । झाडापखाला शुरु भएको ३ घण्टामै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कामको सिलसिलामा चौरजहारी–३ मा पुगेका केसीलाई झाडापखाला भएपछि अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएको १० मिनेटभित्रै उनको मृत्यु भएको अस्पतालका डाक्टर कालेब बुढाले बताए । डा. बुढाका अनुसार उनलाई अस्पताल पुर्याउँदा नै उनको होस गुमिसकेको थियो ।
केसीमा झाडापखालासँगै रक्तश्राव पनि भएको हुन सक्ने डा. बुढाको भनाई उदृत गर्दै रुकुमवाट पत्रकार गणेश खनालले जानकारी दिएका छन्। जिल्ला अस्पतालले भने यस विषयमा कुनै जानकारी नआएको बताएको छ ।