नौ दिनअघि काठमाडौंको क्षेत्रपाटीबाट बालक अपहरण गर्ने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ।
मुख्य योजनाकार राजु विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले क्षेत्रपाटीका हार्यवेयर ब्यापारी अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए।
विकसहित अपरहणमा सम्लग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।
बालक अपहरण गरी विकले ५० लाख फिरौती मागेका थिए। अपहरणकारीले बालकलाई भने गत सोमबार काडाँघारीबाट छाडेका थिए। विक बालकका बाबुका घनिष्ठ साथी हुन् ।
बालक अपहरण परेको दिन विक बालकका बाबुसँगै प्रहरी चौकीमा उजुरी गर्न गएका थिए।