ललितपुर महानगरपालिका–१९ ईषालखमा अमेरिकी महिला मृत अवस्थामा फेला परेकी छिन्।
३२ वर्षीया क्रिष्टिना निकोल नाम गरेकी महिला आफ्नै कोठामा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी अशोक सिंहले जानकारी दिए उनी विगत ६ महिना देखि कोठामा बस्दै आएकी थिइन् ।
लागु औषध सेवन गरेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। कोठामा उनले लागु औषध प्रयोग गर्ने गरेको खुल्न आएको छ।