काठमाडौं उपत्यकामा सबैभन्दा बढी शुक्रबार र शनिबार आपराधिक घटना हुने गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बारका आधारमा गरेको घटना विश्लेषणमा शुक्रबार र शनिबार उपत्यकामा धेरै आपराधिक क्रियाकलाप हुने देखिएको हो।
साताका अन्तिम यी दुई बारमा मात्रै पूरै आपराधिक घटनाका १६ प्रतिशत घटना हुने गरेको डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए।
त्यस्तै, यी दुई बारपछि मंगलबार, बुधबार र बिहीबार १४ प्रतिशत घटना हुने गरेको उनले बताए। आइतबार र सोमबार भने सबैभन्दा कम हुने पाइएको छ।
महिनाका हिसाबमा सबैभन्दा धेरै भदौमा अपराध भएका छन्। गत भदौमा ५ सय ९६ वटा घटना भएको प्रहरीले जनाएको छ।
त्यसपछि चैतमा ५५४, जेठमा ५२१, फागुनमा ४ सय ८६ वटा घटना भएका छन्। वैशाख र असोजमा कम घटना हुने गरेको प्रहरीले जनाएको छ।
गत एक वर्षमा उपत्यकामा ५ हजार ९ सय २४ वटा घटना भएका छन्।
समयलाई विश्लेषण गर्दा ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी आपराधिक घटना हुने गरेको डिआइजी भण्डारीले बताए।
गत एक वर्षमा काठमाडौंमा ४ हजार ५ सय ८२, ललितपुरमा ८ सय ५९ र भक्तपुरमा ४ सय ८४ वटा घटना भएका छन्।
त्यसपछि चैतमा ५५४ वटा घटना, जेठमा ५२१, फागुनमा ४ सय ८६ वटा घटना भएका छन् । वैशाख र असोज महिनामा कम घटना हुने गरेको प्रहरीले जनाएको छ। गत एक वर्षमा उपत्यकामा ५ हजार ९ सय २४ वटा घटना भएका छन् ।
समयलाई विश्लेषण गर्ने हो भने ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी घटना हुने गरेको डिआइजी भण्डारीले बताए। सबैभन्दा बढी काठमाडौंमा ४ हजार ५ सय ८२ वटा, ललितपुरमा ८ सय ५९ र भक्तपुरमा ४ सय ८४ वटा घटना भए ।