दाङ प्रहरीले बजार क्षेत्रमा जथाभावी पार्किङ प्रतिबन्ध गर्ने अभियान शुरू गरेको छ । पैदल यात्री तथा सवारी आवगमनमा प्रत्यक्ष असर पार्ने गरी पार्किङ गर्नेहरुलाई कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।
बजारको अस्तव्यस्तता नियन्त्रण तथा व्यवस्थित गराउन उद्धेश्यले मनपरी पार्किङ नियन्त्रण अभियान थालिएको प्रमुख सिंहले बताए । उनले घोराही उपमहानगरपालिका बैंक रोडमा अव्यवस्थित तरीकाले पार्किङ गरिराखेका सात वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ना ४ ख ८८९६ नम्वरको ट्रक, रा १ च ४७६ र बा ७ च ३३०६ नम्वरको जीप , रा ३ प ७४७८ नम्वर र रा ३ प ८८९६ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका साधनहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको पनि प्रहरीले बताएको छ ।