यातायात व्यवस्था कार्यालय राप्ती, तुलसीपुरले सात महिनासम्म पनि लाईसेन्सको परीक्षा गराउन सकेको छैन ।
कार्यालयले गत माघ महिनामा मोटरसाईकलको लागि आवेदन माग गरेको थियो । नयाँ लाईसेन्स लिन १२ हजार बढीले फाराम भरेका छन् ।
कार्यालय प्रमुख अच्युत दाहालले मोटरसाईकलको नयाँ लाईसेन्स वितरणको लागि लिखित र ट्रायल परीक्षा गराउन बाँकी रहेको बताएका छन्।
मोटरसाईकलको लिखित परीक्षा शुरु गर्ने तयारी गर्दैगर्दा स्थानीय तहको निर्वाचन आएको हुँदा सवारी चालक अनुमति पत्रको लागि लिखित परीक्षा गराउन नसकिएको प्रमुख दाहालले बताए ।
दाङमा दोस्रो चरणको निर्वाचन अन्तरगत असार १४ मा मात्रै स्थानीय तहको निर्वाचन भएको थियो । सात महिना बितिसक्दा सम्मपनि लिखित र ट्रायल परीक्षा सञ्चालन नगर्नु कार्यालयको ठूलो लापरवाही भएको भन्दै सर्वसाधारणहरुले आक्रोस पोख्न थालेका छन् ।
‘लाईसेन्स वितरणमा राज्यकै एउटा निकायले विलम्व गर्ने अनि अर्काे निकाय ट्राफिकले जरिवाना गर्ने प्रवृति गलत छ ।’ सेवाग्राही महेस केसीले भने । उनले आर्थिक अनियमितताको आशंका व्यक्त गर्दै यातायात कार्यालयले आफूजस्ता सर्वसाधारणहरुले जनता झुक्याउँदै आएको गुनासो गरे।