संसारभरीको कालो धन लुकाउने बैंकको रूपमा रहेको मुलुकका रुपमा चिनिन्छ स्वीटजरल्याण्ड। बिश्वभरीका मानिसहरुको अकुत र स्रोत नखुलेको धनलाइ स्वीटजर्ल्याण्डका बैकहरुले सहजै राख्न दिने ब्यवस्था गरेका कारण स्वीटजरल्याण्डका बैंकहरुमा संसारका धेरै मुलुकहरुका ब्यक्तिहरुको अकुत सम्पती रहेको बताइन्छ। तर अब स्वीटजरल्याण्डले यो ब्यवस्था खारेज गर्ने भएको छ।
भारत लगायत ४० वटा मुलुकहरुसँग स्वीटजर्ल्याण्डले आफ्नो मुलुकको बैकमा रहेका संदिग्ध ब्कायक्तिहरुको कालो धनलाई सम्वन्धीत मुलुकमा खवर गरिदिने ब्यवस्थालाइ अनुमोदन गरेको छ। यसका लागी स्वीटजर्ल्याण्डको गोपनियता सूचना तथा सुरक्षाको कानुनलाइ भने मान्नु पर्ने छ।
कर सम्वन्धी सुचना स्वत आदान प्रदान गर्न पर्ने प्रस्तावलाइ स्वीटजर्ल्याण्डको संघीय परिषदले पारित गरेपछि अब स्वीटजर्ल्याण्डमा कालो धन लुकाउन मुश्किल हुने भएको हो। कुनै मुलुकले संदिग्घ ब्यक्तिको बारेमा सोधखोज गरेको खण्डमा सुचना आदान प्रदान गर्ने ब्यवस्थालाइ सन २०१९ वाट सुरु गरिने पनि जनाइएको छ।