झापाको भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, किचक बध ।
महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमले यही स्थानमा किचक राक्षसको बध गरेका थिए।
सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनीया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्विक वस्तुहरू रहेका छन्।
यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेवैबाट देवनीया नदी बगेको छ।
किचक बध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरात्वातिक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ।
उत्खनन गरिएका अन्य स्थानहरू पुन: सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ।
यस क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरुका लागि राम्रो गन्तव्य बनेको छ।
तस्बिरहरूः
-ink-1764911634.jpeg)
-ink-1764911634.jpeg)
-ink-1764911635.jpeg)
-ink-1764911636.jpeg)
-ink-1764911636.jpeg)
-ink-1764911637.jpeg)
-ink-1764911637.jpeg)
-ink-1764911638.jpeg)
-ink-1764911638.jpeg)
-ink-1764911640.jpeg)
-ink-1764911640.jpeg)
-ink-1764911641.jpeg)
-ink-1764911641.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।