गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिको खोजी गर्ने क्रममा कास्की प्रहरीले थप दुई जनालाई लुटिएका हतियारसहित पक्राउ गरेको छ।
प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा–२ बस्ने २२ वर्षीय सागर राउतलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुुसार निजहरूका साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र मोबाइल दुुई थान बरामद गरिएको छ।
दुवै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।