प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागाबाट भागेका एक कैदीलाई पर्साबाट पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं ८ बस्ने ३७ वर्षीय दिपक कुमार महरा पक्राउ परेका हुन्।
उनी पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ कैद तोकिएका कसुरदार हुन्।
२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनी केन्द्रीय कारागार जगनाथदेवल काठमाडौंबाट फरार भएका थिए।
गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा दिपकलाई २३ कात्तिकमा पक्राउ गरी कारागार कार्यालय वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता एवं सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिए।