काठमाडौंमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
आइतबार काठमाडौं महानगरपालिका-१५ किमडोलमा ७८ वर्षीय आमकी लामाको हत्या भएको हो।
उनको हत्या आरोपमा छोरा गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरूङ भन्ने पेम्बा लामा पक्राउ परेका छन्।
पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।