बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डमा उनलाई जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो।
उनी ना.४ ख १८३० नम्बरको ट्रकका चालक हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले हात्तीको आक्रमणबाट चौधरीको मृत्यु भएको पुष्टि गरेका छन्।
हात्ती आइतबार राति ११ बजेतिर सडकखण्डमा निस्किएको थियो। तरपछि जंगलभित्रै पसेको थियो। पुनःबिहान ६ बजेतिर सडकमा निस्किएको थियो।
हात्ती सडकमा निस्किएपछि सडकमा आवागमन अवरूद्ध भएको थियो। हात्तीलाई जंगलतिरै धपाएपछि सडक सञ्चालन भएको थियो।