भदौ २४ गते प्रहरी वृत्त बानेश्वरका प्रहरीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३१ आलोकनगरबाट एक जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
सिराहा नगरपालिका-४ घर भई काठमाडौंको सुविधानगर बस्ने २२ वर्षीय सैफ सिद्धिकी पक्राउ परेका छन्।
उनीमाथि प्रहरी वृत्त बानेश्वरमा तोडफोड, आगजनी र प्रहरी कर्मचारीमाथि कुटपिट गरेको आरोप छ।
प्रहरीले उनीसँग अश्रुग्याँस सेल दुई वटा, एउटा ल्यापटप र एउटा आइफोन बरामद गरेको छ।
प्रहरीले भदौ २४ गते विभिन्न प्रहरी कार्यालय तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ गर्दै आएको छ।