सुर्खेत कारागारमा एक थुनुवाको मृत्यु भएको छ।
लागुऔषध मुद्दामा कारागार चलान भएका सुर्खेतकै ३५ वर्षीय गंगे सुनार शुक्रबार बिहान सुतेकै ठाउँमा अचेत भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाका अनुसार बिहान ५:४५ बजे उठाउन खोज्दा उनी अचेत रहेको खुलेको थियो।
त्यसपछि तत्कालै कर्णाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
'नजिकै सुतेका अरू थुनुवाहरूले उठाउन खोज्दा उठेनछन्। त्यसपछि हेर्दा उनी अचेत अवस्थामा पाइएको भनिएको छ,' डिएसपी बुढथापाले भने।
सुनार लागु औषध मुद्दामा ७८ दिनदेखि थुनामा थिए।
उनको मुद्दामा आज पनि सुनुवाइ थियो। आजै अन्तिम फैसला आउने भनिएको थियो।
उनको शव अस्पतालमै छ।
उनको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको डिएसपी बुढथापाले जानकारी दिए।