काठमाडौं महानगरपालिकाले २३ जना अग्निनियन्त्रक माग गरेको छ।
बिहीबार महानगरपालिकाले सूचना प्रकाशन गरी करारमा नगर प्रहरी जवानको रूपमा २३ जना अग्निनियन्त्रक माग गरेको हो।
यस्तै १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी पनि माग गरेको छ।
आजदेखि १५ दिनभित्र ३ हजार रुपैयाँ राजस्व तिरेर नागरिकता, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्रसहित अनलाइन आवेदनमार्फत दरखास्त गर्नसकिने भएको हो।
