सरकारले सोमबार ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाएको करिब दुई महिना हुँदा सरकारले ४५ जनालाई सहिद घोषणा गरेको हो।
सहिद घोषणा गरिएकाहरू प्रदर्शनको क्रममा कहाँ थिए र कसरी मारिए भन्नेबारे हामीले विभिन्न स्रोतबाट खोजी गरेका छौं।
उनीहरूमध्ये तीन जना नेपाल प्रहरीका कर्मचारी हुन्। ४२ जना प्रदर्शनमा सहभागी नागरिक हुन्। ४२ जनालाई प्रदर्शन क्रममा गोली लागेको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलन भड्किएपछि स्थिति तनावपूर्णको थियो। प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भयो।
त्यस्तै भोलिपल्ट भदौ २४ गते झन् ठूलो प्रदर्शन भयो। ठाउँ ठाउँबाट सडकमा निस्किएका प्रदर्शनकारीहरूले राजनीतिक प्रतिनिधिदेखि व्यावसायिक घरानासम्मका व्यक्तिहरूको निजी घर जलाएका थिए। कतिपय व्यापारिक भवनमा समेत आगजनी भएको थियो।
संसद, सर्वोच्च, सिंहदरबार, प्रहरीका भवनहरू समेतमा आगजनी गरिएको थियो। यसक्रममा ड्युटीमा खटिएका तीन जना प्रहरी पनि मारिए।
हेर्नुस् सहिद घोषणा गरिएकाहरूको विवरण:
प्रहरी कर्मचारीहरू
१. सहायक हवल्दार अमृत गुरूङ (३१)
ठेगाना: कास्की, रूपा गाउँपालिका–५
कारण: प्रहरी प्रभाग कोटेश्वरमा प्रदर्शनकारीको कुटपिटबाट छाती र पेटमा चोट लागेर।
२. असई मिलन राय (२९)
ठेगाना: सिन्धुली, दुधौली नगरपालिका–८
कारण: प्रहरी वृत्त महाराजगन्जमा प्रदर्शनकारीको कुटपिटबाट टाउकोमा चोट।
३. प्रहरी जवान उत्तम थापा (३२)
ठेगाना: दार्चुला लेकाम गाउँपालिका–३
कारण: प्रहरी वृत्त महाराजगन्जमा प्रदर्शनकारीको कुटपिटबाट टाउको र छातीमा चोट।
प्रदर्शनकारीहरू
भदौ २३ मा ज्यान गुमाउनेहरू
४. श्रीयम चौलागाई (१६)
ठेगाना: मोरङ, बेलबारी नगरपालिका–११
कारण: बानेश्वरमा प्रदर्शन क्रममा टाउकोमा गोली लागेको।
५. आयुष थापा (१९)
ठेगाना: बाँके नेपालगन्ज उपमहागरपालिका–१
कारण: बानेश्वरमा प्रदर्शन क्रममा छातीमुनि गोली लागेको।
६. माधवसारू मगर (२०)
ठेगाना: अर्घाखाँची भूमिकास्थान नगरपालिका–४
कारण: बानेश्वरमा प्रदर्शन क्रममा पेटमा गोली लागेको।
७. सुभाषकुमार बोहरा (२१)
ठेगाना: बझाङ खप्तडछान्ना गाउँपालिका–७
कारण: बानेश्वरमा प्रदर्शन क्रममा गोली लागेको।
८. अभिषेक श्रेष्ठ (२२)
ठेगाना: सुनसरी इनरूवा नगरपालिका–६
कारण: सुनसरीमा प्रदर्शनका क्रममा नाकमा गोली लागेको।
९. योगबहादुर श्रेष्ठ (२२)
ठेगाना: सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६
कारण: बानेश्वरमा प्रदर्शन क्रममा कोखामा गोली लागेको।
१०. प्रविण कुलुङ (२२)
ठेगाना: संखुवासभा सिलिचोङ गाउँपालिका–३
कारण: गौशालामा आन्दोलन क्रममा छातीमा गोली लागेको।
११. रसिक खतिवडा खत्री (२२)
ठेगाना: काभ्रे पनौती नगरपालिका–१०
कारण: बानेश्वरमा प्रदर्शन क्रममा छातीमा गोली लागेको।
१२. गौरब जोशी (२२)
ठेगाना: कैलाली धनगढी उपमहानगरपालिका–५
कारण: बानेश्वरमा प्रदर्शन क्रममा टाउकोमा गोली लागेको।
१३. बिमलबाबु भट्ट (२२)
ठेगाना: गोरखा बारपाक सुलिकोट गाउँपालिका–५
कारण: बानेश्वरमा प्रदर्शन क्रममा छातीमा गोली लागेको।
१४. सुलभराज श्रेष्ठ (२३)
ठेगाना: बाँके नेपालगन्ज उपमहागरपालिका–१
कारण: बानेश्वरमा प्रदर्शन क्रममा टाउकोमा गोली लागेको।
१५. असहाब आलम ठकुराई (२४)
ठेगाना: पर्सा वीरगञ्ज महानगरपालिका–१२
कारण: बानेश्वरमा प्रदर्शन क्रममा पेटमा गोली लागेको।
१६. योगेन्द्र न्यौपाने (२५)
ठेगाना: सिन्धुलीको गोलान्जोर नगरपालिका–१
कारण: बानेश्वरमा प्रदर्शन क्रममा टाउको पछाडि गोली लागेको।
१७. ईश्वतबहादुर अधिकारी (२७)
ठेगाना: काठमाडौं, काठमाडौं महानगरपालिका–११
कारण: बानेश्वरमा प्रदर्शन क्रममा छातीमा गोली लागेको।
१८. सन्तोष विश्वकर्मा (३०)
ठेगाना: उदयपुर बेलका नगरपालिका–४
कारण: बानेश्वरमा प्रदर्शन क्रममा कुममुनि गोली लागेको।
१९. बिनोद महर्जन (३४)
ठेगाना: ललितपुरको ललितपुर महानगरपालिका–७
कारण: बानेश्वरमा प्रदर्शन क्रममा मुखमा गोली लागेको।
२०. सौरन किशोर श्रेष्ठ (३८)
ठेगाना: बाग्लुङ, बाग्लुङ नगरपालिका–४
कारण: बानेश्वरमा प्रदर्शन क्रममा गोली लागेको।
२१. चंखे भनिने मोहन सरदार (४०)
ठेगाना: सुनसरी इटहरी उपमहानगरपालिका–१४
कारण: इटहरीमा प्रदर्शन क्रममा टाउकोमा गोली लागेको।
२२. बुद्धिबहादुर तामाङ (४१)
ठेगाना: काठमाडौं, कीर्तिपुर नगरपालिका–२
कारण: प्रदर्शन क्रममा छातीमा गोली लागेको।
२३. दिल नारायण तामाङ (४३)
ठेगाना: काभ्रे तिमाल गाउँपालिका–७
कारण: बानेश्वरमा प्रदर्शन क्रममा बायाँ गर्धनमा गोली लागेको।
२४. छत्रमान कुथुमी (६३)
ठेगाना: धनकुटा पाख्रिबास नगरपालिका–२
कारण: बानेश्वरमा प्रदर्शन क्रममा गोली लागेको।
भदौ २४ मा ज्यान गुमाउनेहरू
२५. निखिता गौतम (१९)
ठेगाना: चितवन कालिका नगरपालिका–८
कारण: गौशालामा छातीमा गोली लागेको।
२६. उमेश महत (२०)
ठेगाना: सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८
कारण: गौशालामा आन्दोलनको क्रममा छातीमा गोली लागेको।
२७. महेश बुढाथोकी (२२)
ठेगाना: दोलखा विगु गाउँपालिका–३
कारण: कोटेश्वरमा गोली लागेको।
२८. अभिषेक चौलागाईं (२२)
ठेगाना: दोलखा शैलुङ गाउँपालिका–४
कारण: बानेश्वरको संसद भवनमा गोली चल्दा निधारमा गोली लागेको।
२९. धिरज श्रेष्ठ (२५)
ठेगाना: नुवाकोट तादी गाउँपालिका–३
कारण: बालाजुको प्रहरी वृत्त अगाडि गोली चलाउँदा घाँटीमा गोली लागेको।
३०. विजय चौधरी (२६)
ठेगाना: सिरहा लहान नगरपलिका–१५
कारण: बानेश्वरमा आन्दोलनको क्रममा गोली लागेको।
३१. अर्जुन भट्ट (२७)
ठेगाना: गोरखा गण्डकी गाउँपालिका–४
कारण: कालिमाटीमा आन्दोलन क्रममा गोली लागेको।
३२. भिमराज धामी (२८)
ठेगाना: बझाङ दुर्गाथली गाउँपालिका–१
कारण: कालिमाटीमा आन्दोलन क्रममा छातीमा गोली लागेको।
३३. कमल भण्डारी (३०)
ठेगाना: पाँचथर हिलिहाङ गाउँपालिका–२
कारण: झापाको बिर्तामोडमा आन्दोलन क्रममा टाउकोमा गोली लागेको।
३४. शुभराज बलामी श्रेष्ठ (३२)
ठेगाना: नुवाकोट ककनी गाउँपालिका–१
कारण: कालिमाटीमा गोली चल्दा टाउको पछाडि गोली लागेको।
३५. ज्ञानेन्द्र सेढाई (३९)
ठेगाना: झापा अर्जुनधारा नगरपालिका–११
कारण: झापामा आन्दोलन क्रममा छातीमा गोली लागेको।
३६. अनिश पराजुली (४२)
ठेगाना: गोरखा पालुङटार नगरपालिका–३
कारण: महाराजगन्जमा आन्दोलन क्रममा कुममा लागेर मृत्यु।
३७. साजन राई (४२)
ठेगाना: सुनसरी धरान उपमहानगरपालिका–२२
कारण: प्रहरी वृत्त ठिमी भक्तपुरमा आन्दोलन क्रममा गोली लागेर मृत्यु।
३८. सन्तोष भन्ने सारकुमार राई (४८)
ठेगाना: उदयपुर चौदन्डीगढी नगरपालिका–३
कारण: गौशालामा आन्दोलनको क्रममा कन्चटमा गोली लागेको।
३९. निरज पन्त (४८)
ठेगाना: बैतडी दशरथचन्द गाउँपालिका–६
कारण: महाराजगन्जमा आन्दोलन क्रममा गोली चल्दा पेटमा गोली लागेको।
भदौ २५ मा ज्यान गुमाउनेहरू
४०. देवकुमार सुवेदी (३१)
ठेगाना: सर्लाही लालबन्दी नगरपालिका–५
कारण: भदौ २४ गते कालिमाटीमा आन्दोलन क्रममा पेटमा गोली लागेर घाइते भएको र उपचार क्रममा मृत्यु भएको।
४१. दिपेश सुनुवार (१९)
ठेगाना: सिन्धुली तिनपाटन नगरपालिका–६
कारण: भदौ २४ गते बानेश्वरमा प्रदर्शन क्रममा छातीमा गोली चलेको र उपचरको क्रममा मृत्यु भएको।
४२. ओझन बुढा (२१)
ठेगाना: बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका–२
कारण: भदौ २४ गते कोटेश्वरमा प्रदर्शन क्रममा गोली लागेको।
भदौ २७ मा ज्यान गुमाउनेहरू
४३. दीपक सिंह साउद (२०)
ठेगाना: बैतडी शिवनाथ गाउँपालिका–२
कारण: भदौ २४ गते कालिमाटीमा गोली लागेर घाइते भएको उपचारको क्रममा मृत्यु भएको।
४४. दिनेश राजवंशी (३२)
ठेगाना: झापा अर्जुनधारा नगरपालिका–८
कारण: बिर्तामोडमा भदौ २४ गते गोली चल्दा पेटमा लागेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको।
असोज १३ मा ज्यान गुमाएको
४५. लच्छुमान राई (३९)
ठेगाना: नुवाकोटको पन्कचन्या गाउँपालिका–२
कारण: भदौ २४ गते बालाजुमा गोली चलेर टाउकोमा लागेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको।
***