नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ।
सोमबार बढुवा भएका पाँच जनाले दर्ज्यानी चिन्ह पाएसँगै पदस्थापन भएको हो।
भूपेन्द्रबहादुर खत्रीको सिआइबी, सानुराम भट्टराईको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र ओमप्रसाद अधिकारीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।
शेखर खनालको अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अबि नारायण काफ्लेको महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।