भक्तपुरको बाल सुधार गृहबाट २० जना बन्दीहरू भागेका छन्।
आइतबार दिउँसो साढे ३ बजेतिर बन्दीहरू भागेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
उनका अनुसार २० जना बन्दीमध्ये १५ जना पक्राउ परिसकेका छन्। पाँच जनाको खोजी जारी छ।
सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रूपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ।