सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ।
अस्पतालका लागि भन्दै मेयर बालकृष्ण बस्नेतले भोटेकोशी जलविद्युत आयोजनासँग ५ करोड रुपैयाँ लिएको आरोपमा लागेको थियो।
सोही कारण अख्तियारको टोली नगरपालिका पुगेको स्रोतले जानकारी दिएको छ।
'अख्तियारमा उजुरी परेपछि टोली पुगेको हो,' स्रोतले भन्यो।
नगरपालिकाले प्रमुख बालकृष्ण बस्नेतले पनि अख्तियारको टोली आएर केही कागजात हेरेर फर्किएको सेतोपाटीलाई जानकारी दिए।
'जलविद्युत आयोजनाको केही कागजात हेरेर फर्किनुभयो,' उनले सेतोपाटीसँग भने।