रुकुम पूर्वमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप चार जना घाइते भएका छन्।
दुर्घटनामा परि भूमे गाउँपालिका – १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
मृतक दुई जना एकाघरका जेठानी देउरानी हुन्।
दुर्घटनामा परी भूमे – १ लुकुमकी २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाको छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्।
घाइते सबै जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज भइ सकेको प्रहरीले जानकारी दिएको छ।
अटो भिरबाट खोलामा खस्ने क्रममा चारै जना बीचमै खसेका कारण उनीहरु जोगिएको प्रहरीले जनाएको छ।
शनिबार बेलुकी करिब पौने ६ बजेतिर रुकुम पुर्वको भूमे गाउँपालिका –१ लुगुमको मध्ये पहाडी लोक मार्ग सडक खण्डको पञ्चासेमा रा १ ह ६७९७ नम्बरको अटो दुर्घुटनामा परेको थियो।
अटो सडकबाट झन्डै ३०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटना पछि सम्पर्क बिहिन रेहका अटो चालक भुमे –१ का २९ बर्षीय जोते घर्ती आइतबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ।