घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ।
माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो।
बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए। बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।