प्रहरीले हतियार देखाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार मकवानपुर भिमफेदी गाउँपालिका-५ का २६ वर्षीय सुर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका- १० का २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका अनुसार उनीहरूले खुकुरी देखाई तारकेश्वर नगरपालिका- ६ स्थित लुटपाट गरेका थिए। उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट एउटा सुनको सिक्री, घडी, खुकुरी, फोन, लागूऔषध र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद भइ अनुसन्धान भइरहेको जनाइएको छ।