अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख रूपैयाँ घुस लिएको आरोपमा लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
दैलेख डुंगेश्वर गाउँपालिको कार्यालयमा काम गर्ने वरिष्ठ लेखाअधिकृत टंकबहादुर कार्कीविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले गाउँपालिकाको १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली हुँदै पालिका सडक योजनामा बिल भुक्तानी गर्ने क्रममा १ लाख घुस लिएको अख्तियारको आरोप छ।
भ्रष्टाचार गरे अनुसारको बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ।