काठमाडौंमा स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।
धादिङ निलकण्ठ नगरपालिका-२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ पक्राउ परेका हुन्।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।
शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट साथबाट ६९ लाख नगदसहित सुनका घटनाहरू भेटिएको छ। सनु र नगदको कागजात नभएपछि उनीहरूलाई पक्राउ गरिएको हो।