हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालबाट शुक्रबार (असोज २४/अक्टोबर १०) नै मनसुन बाहिरिइसकेको छ। मनसुन बाहिरिएपछि हाल कुनै पनि प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको हो।
शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।